यस्ताे देखियाे काठमाण्डाैकाे हाेली (फाेटाे फिचर)

 फागुन २६, २०७६ सोमबार १६:५१:४६ | विकास तामाङ
unn.prixa.net

काठमाण्डाै – आज फागुन शुक्ल पूर्णिमा, हिमाली तथा पहाडी जिल्लामा फागु अर्थात् होली पर्व मनाइँदैछ ।

वसन्त  ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । 

तर कोरोनाको जोखिम बढेकाले यसपालि अघिल्ला वर्षहरु जस्तो होलीको रौनक छैन । ठूला सभा समारोह, भेला तथा कार्यक्रम गर्न रोक लगाएको सरकारले सामुहिक रुपमा होली नखेल्न, भिडभाड गर्ने तथा लोला पानी हाल्ने काम नगर्न सबैसँग अनुरोध गरेको छ ।

गृह मन्त्रालयले सूचना निकालेर लोलापानी फ्याँक्ने, रङ्ग तथा अबिर दल्ने काम जोखिमपूर्ण हुने हुँदा यस्ता गतिविधि नगर्न अनुरोध गरेको छ ।

विगतका वर्षमा होलीको दिन असाध्यै भिडभाड र चहलपहल हुने वसन्तपुर, इन्द्रचोक, असन, पाटन दरबार, मंगलबजार र भक्तपुर दरबारलगायतका क्षेत्रमा यसपटक भिड कम छ । 

केही ठाउँमा बालबालिकाले फाट्टफुट्ट रुपमा अबिर र पिचकारी खेलेको देखिए पनि अभिभावकहरुले घरमै बसेर रङ्ग, अबिर साटेका छन् । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

विकास तामाङ

विकास तामाङ उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया