सुरक्षा गार्ड र झण्डावाल गाडी बिनै मन्त्रीको बजार अनुगमन, 'जता हेरे पनि अवस्था सामान्य'

 चैत ५, २०७६ बुधबार १२:४८:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बजारको छड्के अनुगमन गर्नुभएको छ ।

ग्यास, डिजल, पेट्रोल लगायतका पेट्रोलियम पदार्थको अभाव भएको गुनासोपछि मन्त्री भट्ट बुधबार सुरक्षा गार्ड र झण्डावाल गाडी बिना नै बजारको छड्के अनुगमनमा जानुभएको हो । मन्त्री भट्ट स्वकीय सचिवले चलाएको से १ त ८४३ नम्बरको प्राइभेट कारमा चढेर ललितपुर र काठमाण्डौका झण्डै दुई दर्जन पेट्रोल पम्प, ग्यास डिलर र बिक्रेता कहाँ पुग्नुभएको थियो ।

पुल्चोक, जावलाखेल, कुमारीपाटी, महालक्ष्मीस्थान, सातदोबाटो, एकान्तकुना, बल्खु, कलङ्की, कालीमाटी, टेकु, त्रिपुरेश्वर लगायतको ठाउँमा झण्डै दुई दर्जन पेट्रोल पम्पमा अनुगमन गर्दा सबै ठाउँमा सामान्य हिसाबले पेट्रोल डिजलको आयात भइरहेको पाइएको थियो ।

नाकाबन्दीमा जस्तै बजारमा अभाव हुने डरले उपभोक्ताले बोत्तल र ग्यालेनमा पेट्रोल/डिजल लैजाने गरेको तथा अतिरिक्त सिलिण्डर ग्यास भण्डारण गरेकाले केही समस्या देखिएको मन्त्री लेखराज भट्टले जानकारी दिनुभयो । 

मन्त्री भट्टले कालिमाटी तरकारी तथा फलफुल बजारको पनि अनुगमन गर्नुभएको छ । तरकारी बजारमा लसुन र स्याउको भाउ केही महँगो भएको देखिए पनि अरु बजार सामान्य रहेको पाइएको छ । कोरोनाको प्रभावले गर्दा तरकारी तथा फलफुलको आयात सामान्य रहेको कालिमाटी तरकारी बजारका कर्मचारीले मन्त्री भट्टलाई जानकारी गराएका थिए ।  

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया