नेपालसँग सीमा जाेडिएकाे बिहारमा काेराेनाका कारण एक युवककाे ज्यान गयाे

 चैत ९, २०७६ आइतबार १२:४२:२६ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ –  नेपालसँग सीमा जाेडिएकाे  भारतको बिहार राज्यमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट एक युवककाे ज्यान गएको छ । 

राजधानी पटनाको एम्स अस्पतालमा उपचार गराइरहेका ३८ वर्षीय युवककाे ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । कतारबाट फर्किएका ती व्यक्तिमा काेराेना भाइरसकाे सङ्क्रमण पाइएकाे थियाे ।

योसँगै भारतमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या ६ जना पुगेको छ । 

यस्तै बिहारको एनएमसीएचमा अर्का एक जना कोरोना सङ्क्रमितलाई आइसोलेशनमा राखिएको छ । उनी केही समयअघि स्कटल्याण्डबाट फर्किएका थिए । 

यसअघि बिहार राज्यमा कसैमा पनि कोरोना सङ्क्रमण नभएको पाइएको थियो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

1 Comments

  • Khagendra Dhungana

    March 22, 2020, 2:28 p.m.

    सिमा नाका सबै बन्द गर्नु पर्छ। हामीसँग उपचार छैन।

  •  0 Reply

तपाईको प्रतिक्रिया