सशस्त्र प्रहरी अस्पताललाई डेडिकेटेड कोरोना अस्पताल बनाउन प्रक्रिया सुरु

 चैत ९, २०७६ आइतबार १७:१२:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डाैको सतुंगलमा रहेको सशस्त्र प्रहरीको अस्पताललाई डेडिकेटेड कोरोना अस्पताल बनाउन प्रक्रिया सुरु भएको छ ।

कोरोना भाइरसको आशंका भएका व्यक्तिहरुलाई उपचार गर्ने अस्पताल बनाउन प्रक्रिया सुरु भएको सशस्त्र प्रहरीका प्रवक्ता प्रविनकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पताललाई आवश्यक पर्ने साधन स्रोत र जनशक्तिका बारेमा सरकारलाई प्रतिवेदन बुझाइसकिएको छ ।

अस्पतालमा पूर्वाधार व्यवस्थापन गर्न र त्यहाँ उपचाररत बिरामीलाई अन्त सार्ने तयारी भईरहेको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया