कोरोना सतर्कता : लोक सेवा आयोगका अन्तर्वार्ता कार्यक्रम पनि स्थगित

 चैत ९, २०७६ आइतबार १७:२९:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - लोक सेवा आयोगले अन्तर्वार्ताका कार्यक्रम पनि स्थगित गरेको छ ।

कोरोना भाइरसको जोखिमका कारण स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै अन्तर्वार्ताका कार्यक्रमहरु अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरेको लोक सेवा आयोगले जनाएको छ ।

आयोगको आइतबार बसेको बैठकले मंगलबारदेखि सञ्चालन हुनेगरी पूर्वनिर्धारित सबै अन्तर्वार्ता कार्यक्रमहरु स्थगित गर्ने निर्णय गरेको हो ।

आयोगकी प्रवक्ता गीताकुमारी होमेगाईंले जारी गरेको विज्ञप्तिमा निजामति सेवातर्फ नेपाल प्रशासन सेवा, राजपत्रांकित प्रथम श्रेणी, सहसचिव वा सो सरह पदका अन्तर्वार्ता एवं विभिन्न कार्यालयबाट सञ्चालन हुने स्थानीय तहतर्फ चौथो तहका सहायक महिला विकास निरीक्षक पदका अन्तर्वार्ता पनि स्थगित भएको उल्लेख छ ।

यसअघि आयोगले चैत मसान्तसम्मका लिखित परीक्षाहरु स्थगित गरेको थियो । 

याे पनि हेर्नुहाेस्

 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया