सीमा क्षेत्रबाट कोही गाउँ पसेका छन्? छन् भने नजिकैको प्रहरीमा खबर गर्नुहोस् !

 चैत ९, २०७६ आइतबार १७:४५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विश्वभर फैलिरहेको कोभिड १९ अर्थात कोरोना भाइरसको उच्च जोखिम बढेसँगै कामका भारतबाट नेपालीहरु फर्कने क्रम बढेको छ । 

सीमा क्षेत्रमा सरकारले कडाइ गरिरहेको बताए पनि खुला सीमाका कारण स्वास्थ्य जाँच नगराइकन पनि धेरै नेपाली गाउँ घर पुग्न थालेका छन् । 

यसले कोरोना भाइरसको संक्रमण फैलने डर भए पछि गृह मन्त्रालयले सीमा क्षेत्र हुँदै कोही गाउँ घर पुगेको छ भने नजिकैको  प्रहरी वा वडा कार्यालयमा खबर गर्न स्थानीय बासिन्दालाई आग्रह गरेको छ ।

सीमा क्षेत्रबाट फर्किएकालाई सरकारले सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गर्दै आएको छ । यसका लागि प्रहरीले अनुगमन गर्ने भए पनि सबैको पहुँचमा नपुग्ने सम्भावना रहेकाले सीमा क्षेत्रबाट परीक्षण नगरी गाउँ घर पुगेकाबारे जानकारी गराउन सरकारले स्थानीय बासिन्दासँग आग्रह गरेको हो । 

कोरोना भाइरसबारे व्यक्ति स्वंय पनि सचेत भए संक्रमण रोकथाम हुने भएकाले सरकारले नआत्तिन तर सचेत रहन आग्रह् गर्दै आएको छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया