'लकडाउन' उल्लङ्घन गरेर घरबाहिर निस्केका १० जना पक्राउ

 चैत ११, २०७६ मंगलबार १२:१४:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

चितवन – ‘लकडाउन’ उल्लङ्घन गरेर घरबाहिर निस्केका १० जना चितवनबाट पक्राउ परेका छन् । 

सरकारले नागरिकको स्वास्थ्यकै लागि लकडाउन गरेको तर सडकमा आएर सरकारी निर्देशनको उल्लङ्घन गरेकाले पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ । सरकारको निर्देशन उल्लङ्घन गर्नेलाई पक्राउ  गरेर कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ ।

सरकारको सोमबारको निर्णय अनुसार मङ्गलबारदेखि पूरै देश लकडाउन भएको छ । 

कोरोना नियन्त्रण उच्चस्तरीय समितिको हिजोको बैठकले आज बिहान ६ बजेदेखि देशैभरिका नागरिकलाई घरबाहिर निस्कन नदिने र विशेष पास भएका बाहेक अरु कुनै पनि गाडी र जहाज चल्न नदिने निर्णय अनुसार बिहानैदेखि लकडाउन सुरु भएको हो । 

सरकारले कुनै पनि बहानामा घरबाहिर ननिस्कन र गाडी नचलाउन निर्देशन दिएको छ । सरकारको निर्देशन अनुसार केहीबेरमा देशैभरि प्रहरी पनि परिचालनको तयारी गरिएको गृह मन्त्रालयले जनाएको छ । 

सुरक्षा निकाय र एम्बुलेन्स र अत्यावश्यक काममा खटिनेहरुको लागि विशेष पास लिएका गाडी भने चल्न पाउनेछन् । यस्तै अत्यावश्यक सेवा बाहेक कर्मचारीलाई पनि घरमै बस्न भनिएको छ ।

सरकारको यो निर्णय आउँदो चैत १८ गतेसम्म लागु हुनेछ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया