अस्ट्रेलियासँगकाे टेष्ट शृङ्खलाकाे पहिलो पारीमा भारत १ सय ५० ...
मंसिर ७, २०८१ शुक्रबार
छिमेकी देश चीनबाट सुरु भएको कोरोना भाइरसको आतङ्कले अहिले युरोप र अमेरिकालगायत संसारलाई सताएको छ । विश्व प्रतिरक्षात्मक र यो भाइरस आक्रामक अवस्थामा रहेको यस विषम परिस्थितिमा नेपालले पनि गर्नुपरेको ‘लकडाउन’को कारण आ–आफ्नो घरभित्र बस्नुपर्ने अवस्था सिर्जना भएको छ । स्वास्थ्य विशेषज्ञहरुले यो निकै भयावह रहेको बताइरहँदा चैत ११ गतेदेखि चैत्र १८ सम्म नेपालमा पनि ‘लकडाउन’ सुरु भएको छ । तर स्थितिमा आशातित सुधार हुन नसकेमा यो लम्बिने प्रबल सम्भावना भएकोले आफ्नो कार्यतालिकामा परिवर्तन गरी आफू र आफ्ना बालबालिकालाई घरमै ज्ञान, सीप र सिर्जनात्मक काम सिक्न र सिकाउन सकिन्छ ।
कोरोना भाइरसबाट सुरक्षित रहन सजग र सतर्क रहनु नै नेपाल र नेपालीका लागि सबैभन्दा उत्तम विकल्प हो । ‘लकडाउन’मा परिवारका सदस्यहरु एकै ठाउँमा रहने र प्रशस्त समय हुने भएकोले यो फुर्सदको समयमा अभिभावक तथा उनीहरुका बावुनानीहरुले गर्नुपर्ने तथा गर्नसक्ने केही कामहरुलाई छोटोमा यहाँ चर्चा गर्न खोजिएको छ । राम्रो र असल सोचे मानिस असल बन्छ, नराम्रो र खराब सोचे खराब बन्छ । त्यसैले संकटको यो घडीमा बालबालिका, घरपरिवार र समाजलाई स्वस्थ र तन्दुरुस्त राख्न तथा जीवनोपयोगी सीप सिक्न र सिकाउन यो समय धेरै उपयोगी हुन सक्छ ।
नकारात्मक भावना हटाएर सकारात्मक सोचका साथ अगाडि बढ्न यो समय उपयोगी हुन सक्छ । Norman Vincent Peale ले भनेको भनाइ ‘Change your thoughts and you can change your world’ ले विचार, भावना र कल्पना अनि योजना असल भयो भने सबै प्रकारका समस्या, नकारात्मक अवस्था, विपत्ति र महामारीमा पनि सकरात्मक नतिजा निकाल्न सकिन्छ भन्ने बुझिन्छ । यो अवस्थामा घरपरिवारका सदस्य तथा विद्यार्थीहरुलाई जीवनोपयोगी शिक्षासँगै कतिपय सीप विकास तथा शैक्षिक उपलब्धिका कामहरु सिकाउन सकिन्छ ।
- कोरोनाबारे विश्व स्वास्थ्य सङ्गठनको आधिकारिक जानकारीमात्र बालबालिकासँग शेयर गर्ने ।
- कोरोनाबारे उचित भिडिओ देखाउने र रेडियो समाचार हरेक बेलुकी सुनाउने ।
- अनावश्यक हल्ला र गलत सूचना तथा अफवाहबाट अविचलित बनाउन सन्तुलित भूमिका निर्वाह गर्ने ।
- स्वास्थ्यसम्बन्धी छलफल र व्यक्तिगत सरसफाइमा ध्यान दिने ।
- घरको फोहोर व्यवस्थापन र सरसफाइका लागि कार्य विभाजन गर्ने ।
- घरका कामहरु सँगै गर्ने ।
- वृद्धवृद्धाको स्याहारको लागि योजना बनाउने र त्यसमा बालबालिकालाई सहभागी गराउने ।
- घरबाट निस्केर बाहिर भिडभाडमा जान नदिने ।
- घरको रङ्गरोगन, छेस्किनी र चुकुल आदि मर्मत सम्भारको काम गर्ने ।
- फुलबारी, बगैँचा, गमला र करेसाबारीको काम गर्ने ।
- घरायसी काम मिलेर कुन दिन र कुन समयमा कसले गर्नेबारे निर्धारण गर्ने ।
- बिहानदेखि बेलुकासम्मको दैनिक कार्ययोजना बनाउन लगाउने, सबैले देख्ने ठाउँमा टाँस्ने र त्यसको नियमित प्रयोग गर्ने गराउने ।
- घरमा भएका पुस्तकहरु जम्मा गरेर सानो पुस्तकालय बनाउने ।
- स्कुल र कलेज पढ्नेहरुले घरमा भएका पुस्तकहरु पढ्ने तालिका र पढेको वा सिकेको कुरा साटासाट गर्ने ।
- कोरोना भाइरस के हो र यसबाट कसरी बच्ने भन्नेबारे सिक्ने, सिकाउने ।
- माथिल्ला कक्षामा पढ्ने छोराछोरीले साना कक्षाका बालबालिकालाई सिकाउने, घुलमिल हुने वातावरण बनाउने
- हरेक सदस्यका असल र खराब पक्षका बारेमा लिखित वा मौखिक सल्लाह लिने र दिने ।
- अनुमानित वा सालाखाला वर्षभरि गर्ने र गर्न सकिने कामको सूची वा वार्षिक कार्ययोजना बनाउने ।
- वार्षिक कार्ययोजना र कार्यक्रमहरुलाई समयबद्ध बनाउन लगाउने ।
- वार्षिक रुपमा प्रयोग गर्न मिल्ने शैक्षिक सामग्रीको निर्माण र भण्डारण गर्न लगाउने ।
- कम्प्युटर र ल्यापटपको प्रयोग गरी अनलाइन शिक्षा, आइसिटी र अन्य प्रोग्राम सिक्ने र सिकाउने ।
- एन्ड्रोइड स्मार्ट फोन प्रयोग गरी शब्द भण्डार, व्याकरण र साहित्य सिक्ने सिकाउने ।
- कमजोर विषयमा टेलिकन्फरेन्स, इमेल र फोनका माध्यमबाट बालबालिकालाई सबल र सक्षम बनाउने ।
- शिक्षामा विज्ञान र प्रविधिको प्रयोगबारे घरायसी कार्यशाला चलाउने ।
- घरायसी काममा मनोरञ्जन र प्रतिस्पर्धालाई प्रोत्साहन गर्ने
- खेर गएका वस्तु र खेर जाने वस्तुहरुको प्रयोगबाट पुनः प्रयोगको लागि सीप सिक्ने र सिकाउने ।
- शिक्षाका सफ्टवेयरहरु सिक्ने सिकाउने र त्यसमा समय व्यवस्थापन गर्ने ।
- सिकाइ सुधारका लागि व्यक्तिगत योजना बनाउने ।
- पुराना प्रश्नहरु सङ्कलन गर्ने र समाधान गर्ने ।
- नेपालका भाषा, संस्कार, संस्कृति, पहिचान र इतिहासबारे जानकारी लिने दिने ।
- सामाजिक सम्बन्ध, भातृत्व, नैतिकता र आचारणबारे शिक्षा लिने दिने ।
- विद्यार्थीका लागि सामाजिक सञ्जाल तथा इन्टरनेटको प्रयोगबाट कक्षा सञ्चालन गर्ने
- बालबालिकाको ज्ञान र शिक्षा प्राप्त गर्ने अवसरलाई विस्तार गर्ने ।
- खाना बनाउने, घरसफाइ गर्ने र लुगा धुने काममा सहभागी गर्ने गराउने ।
- अनलाइन, अफलाइन तथा भर्चुअल कक्षा र बाबुआमाको प्रत्यक्ष निगरानीमा सामाजिक सञ्जालमा कक्षा सञ्चालन र व्यवस्थापन गर्ने ।
- कार्यमूलक अनुसन्धान, परियोजना कार्य र घटना अध्ययनजस्ता क्रियाकलापमा बालबालिकालाई संलग्न गराउने ।
- घरभित्र खेलिने खेल खेल्ने, खेलाउने र मनोरञ्जनको अवसर लिने दिने ।
- अभिभावकहरुले पढेमा मात्रै बालबालिकाले पढ्ने भएकाले पुरानै भए पनि पत्रपत्रिका र कथाका पुस्तकहरु पढ्ने ।
- दिनभरि आफूले गरेका घरायसी र शैक्षिक कामको विवरण टिप्ने र परिवारमा प्रस्तुत गर्ने ।
- आउँदो सत्रमा हुने पढाइबारे अनलाइन, अफलाइन तथा सर्च इन्जिनहरुबाट खोजेर नोट बनाउने ।
- छोराछोरीलाई आवश्यकताका आधारमा साथीको समूहमा पठनपाठनका विषयमा भिडिओ च्याट गराउने ।
- बालबालिकालाई खेलकुद, गीत, सङ्गीत, टेलिसिरियल, चलचित्र, भिडिओ हेर्न टेलिभिजनको समय बनाउने ।
- बिहान उठ्नेदेखि राति सुत्नेसम्मको दैनिक कार्यतालिका बिग्रेमा बेला बेलामा सम्झाउने ।
- समयमा खाजा र खाना खाने ।
(श्रेष्ठ कागेश्वरी मनोहरामा रहेको श्री बालविकास माध्यमिक विद्यालयका शिक्षक हुनुहुन्छ ।)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्रेष्ठ कागेश्वरी मनोहरामा रहेको श्री बालविकास माध्यमिक विद्यालयको शिक्षक हुनुहुन्छ ।
Laxman Shrestha
June 8, 2021, 10:35 a.m.जब नेपाल सरकारले कोरोनाको कारण तोकिएको एसइइ परीक्षा २०७६ चैत्र ५ गते बेलुका रोक्यो, ६ गतेबाट हुने परीक्षा हुन सकेन र अन्य कक्षाको हतार हतार परीक्षाहरु सम्पन्न गरिए, तेही समयमा यो लेख लेखें । लेख लेखेको छ दिन पछि २०७६ चैत्र १२ मा यो लेख प्रकाशित भयो । यो लेखको महत्व समय क्रम सँगै वढेको महशुस गरेकोछु । धन्यवाद ।
ratna bahadur budha
July 4, 2020, 8:59 p.m.heartily congratulations wish for this programme continue .
baburam timalsina
July 4, 2020, 8:58 p.m.अति उपयोगी छ /