कोरोना संक्रमणका कारण इराकबाट फ्रान्सका सैनिक फिर्ता

 चैत १३, २०७६ बिहिबार १४:११:२ | रासस
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरस संक्रमणको कारण देखाउँदै फ्रान्सले इराकमा तैनाथ सैनिकहरुलाई स्वदेश फिर्ता गर्ने निर्णय गरेको छ । 

इराकी सैनिक कमान्डले फ्रान्सेली सैनिक टुकडी फिर्ता हुने घोषणा गरेको हो । इराकी सरकारको समन्वयमा गठबन्धन सेनाले इराकमा तैनाथ आफ्ना फौजको कार्यशैलीमा फेरबदल गर्न लागेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । इराकी फौजसँगका सबै तालिम कार्यक्रमहरु निलम्बन गर्ने निर्णय भएको हो 

फ्रान्समा हालसम्म कोरोनाभाइरसका कारण २५ हजारभन्दा बढी संक्रमित भएका छन् भने एक हजार ३३१ जनाको ज्यान गएको छ । विश्व स्वास्थ्य संगठनकाअनुसार विश्वभर ४ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् भने २२ हजारभन्दा बढी मानिसको ज्यान गएको छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया