हेटौंडामा दुई दिनमा आइसोलेशन तयार हुने

 चैत १४, २०७६ शुक्रबार १४:५७:३ | उज्यालो सहकर्मी

मकवानपुर - हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ कर्रामा रहेको श्रमिक माध्यमिक विद्यालयमा आइसोलेसन निर्माण गर्नका लागि धमाधम काम भइरहेको छ ।

वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा दुई दिनमा पूरा हुनेगरी आइसोलेशन निर्माण गरिन लागेको हो ।

यसका लागि नेपाली सेना, सशस्त्र प्रहरी, उपमहानगरपालिकाका कर्मचारी, हेटौंडा अस्पताल सबै लागिपरेको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो ।

श्रमिक माविको नयाँ भुकम्प प्रतिरोधी भवनलाई आइसोलेशनका रुपमा निर्माण गर्न लागिएको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका बिरामी देखा परिहालेमा उपचार गर्नका लागि विद्यालयमा आइसोलेशन र आइसियु निर्माण गर्न लागिएको मेयर महतले बताउनुभयो ।

दिन रात नभनी उपमहानगरपालिकाको लोडर, टिपरले ग्रेभल हाल्ने, सम्याउने, कोठाहरु पखाल्ने लगायतका कामहरु गरिरहेको उहाँले बताउनुभयो ।

कोरोना भाइरसका बिरामी देखा परिहालेमा उपचार गर्न सहज होस भन्ने उद्देस्यले वाग्मती प्रदेश सरकार र उपमहानगरपालिकाको सहकार्यमा कामसुरु गरिएको हो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया