‘ढुक्क भएर गाईवस्तु चराउनुहोस्, खेतबारीको काम गर्नुहोस्’

 चैत १८, २०७६ मंगलबार १७:२२:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले कृषकहरुलाई नआत्तिइकन ढुक्क भएर खेतिपाती गर्न आग्रह गरेको छ । 

कोभिड-१९ को जोखिम बढेकाले खेतिपाती गर्न अन्यौल भएकाले बढेको पाइएको भन्दै स्वास्थ्य मन्त्रालालयले ढुक्क भएर खेतिपाती गर्न आग्रह गरेको हो ।

 तर खेतिपाती गर्दा वा गाईवस्तु चराउँदा मानिस मानिसबीचको दूरी भने कायम राख्न मन्त्रालयले आग्रह गरेको छ ।

 आज नियमित पत्रकार सम्मेलन गर्दै मन्त्रालयका विज्ञ सल्लाहकार डाक्टर खेम कार्कीले कम्तीमा पनि ३ फिटको दूरी कायम गरी गाउँ घरमा हुने कामलाई नियमित गर्न आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

1 Comments

  • Kshetra राना

    April 1, 2020, 3:41 p.m.

    राम्रो सुझाब !!

  •  0 Reply

तपाईको प्रतिक्रिया