आज चैते दशैँ, देशभरिका शक्तिपीठ खाली

 चैत १९, २०७६ बुधबार ९:५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

सामाजिक सञ्जाल

काठमाण्डौ - आज (बुधबार) चैते दशैँ परेको छ । तर कोरोना रोकथाम तथा नियन्त्रणको लागि 'लकडाउन' घोषणा गरिएकाले विभिन्न शक्ति पीठहरु खाली छ ।

असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको जितको रुपमा मनाइने पर्व दशैँ वर्षमा दुई पटक मनाउने गरिन्छ ।

असोजमा मनाइने दशैँलाई वडादशैँको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा चैते दशैँ मनाइन्छ ।

वर्षको दुई पटक चैत र असोजमा गरिने दुर्गा पूजाको विशेष महत्व रहेको शास्त्रमा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया