पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डौ - ललितपुरको बीएण्डबी अस्पतालमा कार्यरत डाक्टर अञ्जना कार्कीलाई निरन्तर फोन आउँछ । स्त्रीरोग विशेषज्ञ कार्कीले फोन उठाउन झर्काे मान्नुहुन्न । फोनमा धेरैजसोले महिना लाग्यो अब के होला, खाइरहेको औषधि सकियो, लकडाउन अझ लम्बिए अब कसो गर्नेजस्ता जिज्ञासा गर्ने गरेको र उहाँले त्यसको जवाफ दिइरहनु परेको छ । उहाँका अनुसार कोरोना सङ्क्रमणको जोखिम र ‘लकडाउन’पछि गर्भवती र सुत्केरीमा मनोवैज्ञानिक त्रास बढेको छ ।
‘लकडाउन’ लम्बिएको अवस्थामा गर्भवती र सुत्केरीलाई थप अप्ठेरो पर्न सक्छ । तर भुइँचालोपछि बाहिर बस्नुपर्दाकोजस्तो अवस्था अहिले नरहेकोले बढी आत्तिनुनपर्ने उहाँको भनाइ छ । ‘गर्भवती र सुत्केरीले अलि बढी डराएर फोन गरिरहेका छन्,’ उहाँले भन्नुभयो, ‘शिशु चले, पानी नबगे या रक्तश्राव छैन भने आत्तिनुनपर्ने भनेर उहाँले सम्झाउने गर्नुभएको छ ।’ आइरन र क्याल्सियम नियमित खान छोड्नुहुँदैन । परिवारका सदस्यले पनि बेलाबेला सम्झाइ बुझाइ गर्नसके गर्भवती वा सुत्केरीलाई तनाव नहुने उहाँले बताउनुभयो ।
‘लकडाउन’को कारण अहिले अस्पतालहरुमा नियमित जाँच रोकिएको छ । गर्भवती र सुत्केरीलाई आकस्मिक बाहेकका सेवामा जाँच तथा उपचार गराउन रोकिएको छ । अरु नागरिकजस्तै गर्भवती र सुत्केरी पनि घरमै बस्नुपरेको छ । तर गर्भावस्थामा रहेकाहरुलाई अलि बढी चिन्ता छ । डाक्टर कार्कीका अनुसार मुख्य चार अवस्थामा मात्रै आत्तिनुपर्छ । १) शरीर सुन्निनु, २) शिशु नचल्नु, ३) पानी धेरै बग्नु र ४) रगत बग्नु । यस्ता लक्षण देखिए डाक्टर वा स्वास्थ्य संस्थालाई जानकारी गराउन डाक्टर कार्कीको सुझाव छ ।
सुत्केरी हुने बेला अस्पतालहरुमा सामान्य वा शल्यक्रिया सेवा रोकिएको छैन । आकस्मिक सेवा खुला छ । आकस्मिक सेवामा आउने गर्भवती र सुत्केरीलाई नफर्काइएको डाक्टर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना भाइरसले गर्भवती वा सुत्केरीलाई बढी जोखिम भएको भेटिएको छैन ।
उहाँले भन्नुभयो, ‘ गर्भवती वा सुत्केरी अहिले घरपरिवारको साथमा रहेकाले आत्तिनु पर्दैन । परिवारको साथ र सहयोगले अझ सहज भएको छ ।’ पूर्वतयारीमा सामान्य ध्यान दिन आग्रह गर्दै उहाँले भन्नुभयो, ‘गर्भवती वा परिवारका सदस्यले सुत्केरी गराउने साधन, एम्बुलेन्स सेवाबारेको जानकारी र अन्य आवश्यक तयारी पहिलेदेखि गरे बेस हुन्छ ।’
अहिलेको अवस्थामा घरमा बस्दा गर्भवती र सुत्केरीले ध्यान दिनुपर्ने कुराहरुः १) अरुलेजस्तै साबुनपानीले नियमित हात धोइरहने, २) कम्तीमा १ मिटरको दूरी कायम गर्ने, ३) नियमित खानुपर्ने औषधि खाने, ४) पोषिलो खानेकुरा र हल्का व्यायाम गर्ने, ५) बेलाबेलामा ब्लड प्रेसर जाँच गर्ने, ६) अस्पतालले उपलब्ध गराएको अनलाइन सेवा वा फोन नम्बर वा सामाजिक सञ्जालमा सम्पर्क रहिरहने र ७) कुनै बेला असहज भइहालेमा नजिकैको स्वास्थ्यसंस्था जाने वा अस्पतालमा सम्पर्क गर्ने ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।