१० प्रतिशत छुटमा टोलटोलमा खाद्यान्न बिक्री गर्दै साल्ट ट्रेडिङ

 चैत १९, २०७६ बुधबार ११:१:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - साल्ट ट्रडिङ कर्पोरेशनले टोल टोलमा खाद्यान्न बिक्री भइरहेको जनाएको छ । हरेक दिन जसो मोबाइल भ्यानमार्फत टोल टोलमा खाद्यान्न बिक्री भइरहेको कर्पोरेशनले जनाएको छ ।

बुधबार काठमाण्डौ उपत्यकाका सामाखुसी चोक, गोङ्गबु, टोखा, झोर टोखा, नयाँ बजार, बालाजु, बालाजु रिङरोड, कुपण्डोल, सानेपा, सिनाम, पाटन लगायतका क्षेत्रहरुमा चामल, नुन, चिनी, आटा, मैदा लगायतका खाद्यान्न बिक्री हुने कर्पोरेशनले जनाएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनबाट बिक्री हुने खाद्यान्नमा १० प्रतिशत छुट दिने सरकारको निर्णय अनुसार छुटमै खाद्यान्न बिक्री भइरहेको कर्पोरेशनले जनाएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

2 Comments

  • Abhishek

    April 1, 2020, 6:26 p.m.

    छुट अलिक धेरै भएन र?अनि किन सिमित ठाउँ मा मात्रै बितरण गर्ने योजना बनाइएको हो? पहुँच पुग्ने अनि ठुलाबडा को लागी मात्रै उपलब्ध हुने त होला। साचै जनतालाई राहत दिलाउने उद्देस्य नई हो भने कम्तीमा 50% छूट र नगरपालिका/वडा को समन्व्य गरी बिक्रिबितरण गर्ने योजना बनाएर बिक्री गरीनुपर्छ।

  •  0 Reply
  • साङ्गे तामाङ

    April 1, 2020, 11:13 a.m.

    साल्ट ट्रेडिङकाे नजरमा उपराेक्त स्थान बाहेक अन्य स्थान नदेखिएको लाग्याे। जस्तैः जाेरपाटी, अत्तरखेल वा बाैद्ध चाबहिल

  •  0 Reply

तपाईको प्रतिक्रिया