दाङमा फैलियो झाडापखालाको महामारी

 जेठ १२, २०७५ शनिबार १८:३५:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ, जेठ १२ – दाङको शान्ति नगर गाउँपालिकामा एकाएक महामारी फैलिएको छ ।

दाङको शान्ति नगर ३ मा गएको तीन दिनदेखि सुरुभएको माहामारी शनिबार एकाएक दुई सय भन्दाबढी स्थानीयबासिन्दामा फैलिएपछि स्थानीयबासिन्दा त्रसित भएका छन् । शनिबार अधिकांंश महिला तथा बालबालिकाहरुमा झाडापखाला देखिएपछि स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि भर्ना गरिएको थियो । 

स्थानीय स्वास्थ्य सस्थामा औषधि सकिएपछि गाउँपालिका अध्यक्ष कमानसिङह डाँगी र प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठको पहलमा दुई सयभन्दा बढी झाडापखालाका बिरामीहरुलाई थप उपचारका लागि राप्ती अञ्चल अस्पतालमा ल्याएको छ ।

उनीहरुलाई दुषित पानिका कारण महामारी फैलिएको हुन्न सक्ने शान्ति नगर गाउँपालिकाका अध्यक्ष डाँगीले जानकारी दिनुभयो । यता प्रमुख जिल्ला अधिकार गजेन्द्रबहादुर श्रेष्ठको नेतृत्वमा जिल्ला जनस्वास्थ्यको टिम महामारी फैलिएको स्थानीय शान्ति नगर गाउँपालिकामा पुगेको छ ।

स्वास्थकर्मीहरुको टिमले के कारणले महामारी फैलिएको हो र यसलाई कसरी छिटोभन्दा छिटो नियन्त्रणमा लिन सकिन्छ भनेर अनुसन्धान थाल्ने प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया