एनसेलले इन्टरनेट शुल्क २५ प्रतिशतले घटायो

 चैत २०, २०७६ बिहिबार १७:४०:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - एनसेलले बिहीबार (चैत्र २०) बाट लागू हुनेगरी डेटा सेवामा पे एज यु गोको शुल्क २५ प्रतिशतले घटाएको छ । 

एनसेलले आफ्नो कर बाहेक २ रुपैयाँ प्रति एमबी रहेको पे एज यु गो शुल्क १.५० पैसा प्रति एमबीमा झारेको हो । यो परिमार्जित शुल्क लकडाउनको अवधिभर लागू रहनेछ कम्पनीले जनाएको छ। 

कम्पनीले यसअघि नै पे एज यु गो अन्तर्गत ग्राहकलाई डेटामा बोनससमेत दिँदै आएको छ । जसअन्तर्गत डेटा शुल्क ८० प्रतिशतसम्म कम भएको छ । यो योजना अन्तर्गत ग्राहकले जति धेरै आफ्नो मेन ब्यालेन्सबाट डेटा प्रयोग गर्नेछन् त्यसै अनुरुप डेटा शुल्क थप सुलभ हुँदै जान्छ । 

कम्पनीका अनुसार पे एज यु गोमा दिइएको २५ प्रतिशत छुटसँगै ग्राहकले इन्टरनेट चलाउँदै जाँदा ८० प्रतिशतसम्म छुटमा डेटा प्रयोग गर्न सक्नेछन् । ग्राहकले आफ्नो मेन ब्यालेन्स प्रयोग गरी डेटा सेवा चलाउँछन्, खर्च भएको ब्यालेन्स रकमको आधारमा तत्काल बोनस डेटा पाउँदै जानेछन् ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया