लकडाउन : खेतीबाली लगाउन र भित्र्याउन सकिने

 चैत २०, २०७६ बिहिबार १९:४१:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले खेतिबाली लगाउन र भित्र्याउन अवरोध नगर्ने जनाएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले बाहिरी श्रमिकको उपस्तिथिबिना परिवार र समाज मिलेर बाली भित्र्याउन र लगाउन दिने निर्णय गरेको छ ।

‘हिंउँदे बाली भित्राउने र बर्खे बाली लगाउने बेला भएको छ, घरपरिवार मिलेर खेतीवाली लगाउन सकिने ब्यबस्था हामिले गरेका छौं’, अर्थ एवं सञ्चार तथा सूचना प्रविमन्त्री युवराज खतिवडाले भन्नुभयो ।

यस्तै सरकारले ठूला विकास निर्माणका आयोजनाको काम पनि जारी राख्न भनेको छ । आयोजना भित्रै रहेका मजदूरलाई सुरक्षाका सामग्री लगाएर काममा परिचालन गर्न सरकारले निर्देशन दिएको हो ।

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया