महामारीमा स्वास्थ्यसँगै आर्थिक-सामाजिक क्षति पनि जोगाउनुपर्छ : विश्व स्वास्थ्य संगठन

 चैत २२, २०७६ शनिबार ७:३३:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - विश्व स्वास्थ्य संगठनले कोरोना महामारीमा स्वास्थ्य समस्यासँगै महामारीको सामाजिक र आर्थिक नतिजाबारेमा सचेत हुन आह्वान गरेको छ ।

अन्तर्राष्ट्रिय मौद्रिक कोषका प्रबन्ध निर्देशक क्रिस्टलिना जर्जिएभाको पनि उपस्थिति रहेको पत्रकार सम्मेलनमा विश्व स्वास्थ्य संगठनका निर्देशक टेड्रोस अधानोम गेब्रेससले कोरोनाले केवल स्वास्थ्य समस्या मात्रै नल्याउने भएकोले सबै देशहरुले सामाजिक र आर्थिक चुनौतीको सामना गर्ने कार्यक्रम पनि सँगसँगै लैजानुपर्ने बताउनुभयो ।

स्वास्थ्य बचाउन थुप्रै देशहरूले लगाएका प्रतिबन्धहरूले व्यक्ति र परिवारको आम्दानी र समुदाय र देशहरुको अर्थव्यवस्थामा ठूलो क्षति पुर्याइरहेको भन्दै निर्देशक गेब्रेससले अहिले विश्वका मानिस जीवन र जीविकोपार्जनका लागि साझा संघर्षमा रहेको बताउनुभयो ।

उहाँले समाज कल्याण कार्यक्रमहरू मार्फत मानिसहरूलाई खानेकुरा र अन्य जीवनको आवश्यक चीजहरू सुनिश्चित गर्नका लागि आह्वानसमेत गर्नुभयो ।

तर आर्थिक क्षति कम गर्न वा थेग्न नसकेर प्रतिबन्ध हटाउन छिटो गरे भाइरस फेरि उठ्ने भएकोले त्यसको सामाजिक तथा आर्थिक प्रभाव झनै  गम्भीर र लामो हुने पनि उहाँले चेतावनी दिनुभयो ।

अहिलेको महामारीबाट उत्पन्न सबै किसिमका समस्या समाधानको उपाय भनेको भाइरसलाई समझदारीको साथ आक्रमण गर्नु हो भन्दै निर्देशक गेब्रेससले प्रतिबन्धहरु, निःशुल्क उपचार र समाजकल्यणका कार्यक्रमसँगै लैजान आह्वान गनुएभयो ।

उहाँले यो महामारी रोक्न सबैभन्दा बढि भूमीका स्वास्थ्यकर्मीहरुको रहेकोले उनीहरुको लागि सुरक्षाका उपकरण, समयमा तलव भुक्तानी र स्वास्थ्य उपकरण किन्ने भरपर्दो कोष स्थापना गर्न पनि सबै देशहरुलाई आव्हान गर्नुभयो ।

उहाँले महामारीबाट मानिसको ज्यान मात्र बचाउने नभइ उसको आर्थिक÷सामाजिक अबस्था पनि बचाउन देशहरुले भूमिका खेल्नुपर्ने बताउनुभयो

। यसका लागि तत्कालिन आर्थिक सहयोगका प्याकेजहरु, कर छुट र भाइरस नियन्त्रणसँगै लगानी अभिबृद्धि तथा रोजगारका ढोका खोल्ने काम गर्नुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया