अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा मास्क लगाउन अस्वीकार

 चैत २२, २०७६ शनिबार ८:४७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क (मुखावारण) लगाउन अस्वीकार गर्नुभएको छ ।

सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले हरेक अमेरिकीलाई घर बाहिर निस्कँदा मास्क लगाउन वा रुमाल वा सलले मुख छोप्न आग्रह गर्दै नयाँ स्वास्थ्य सुझाव जारी गरे पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क (मुखावारण) लगाउन अस्वीकार गर्नुभएको बीबीसीले जनाएको छ ।

सीडीसीको यसअघिको सुझावमा बिरामी, बिरामीको स्याहार गरिरहेकाहरुले मास्क (मुखावारण) लगाउनु पर्ने उल्लेख गरेको भए पनि संक्रमण हुन नदिनका लागि आफ्नो अनुहार पनि छोप्नु राम्रो हुने नयाँ सुझाव दिएको हो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया