भरतपुर अस्पतालमा शुक्रबार मृत्यु भएकी युवतीको कोरोना रिपोर्ट नेगेटिभ

 चैत २२, २०७६ शनिबार १०:१२:२८ | रासस
unn.prixa.net

चितवन - भरतपुर अस्पतलमा उपचारका क्रममा शुक्रबार मृत्यु भएकी युवतीको नतिजा नेगेटिभ आएको छ ।

उपचारको क्रममा शुक्रबार मृत्युपछि बिहान सिन्धुली घर भएकी युवतीको कोरोना भाइरसको आशङ्कामा स्वाब परीक्षणका लागि हेटौँडा पठाइएको थियो ।

उनीसँगै अन्य चार जनाको नतिजा पनि नेगेटिभ आएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालले जनाएको छ । सबैको नमुना हेटौँडामा रहेको प्रयोगशालामा पठाइएको थियो ।

बिहीबार राति सिन्धुली घर भएकी २६ वर्षीया उषाकुमारी राईलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । राति १२ बजे अस्पताल ल्याइएकी राईको भरतपुर अस्पतालको सघन उपचारकक्षमा उपचारकै क्रममा बिहान २ बजे मृत्यु भएको थियो ।

अन्तिम अपडेट: चैत १४, २०८०

1 Comments

  • कृष्ण आचार्य

    April 4, 2020, 11:57 a.m.

    कसरी आओस त समयमा नै रिपोर्ट, सरकार र स्वास्थ्य मन्त्रालयलाई बढी भन्दा बढी परिक्षण गर्न कसरि सकिन्छ भन्दा पनि बढी सास्थी बिल मिलाउन भएको छ। पोखरामा ठिक, काठ्माण्डौंमा बेठिक अनि बिराटनगरमा ठिक भएको रिपोर्ट अरू तिर बेठिक हुने त होला नि कस्ता देशमा जन्मिएछ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया