हेटौँडामा आइसोलेसनमा राखिएका पाँच जनाको कोरोना परीक्षण रिपोर्ट 'नेगेटिभ'

 चैत २२, २०७६ शनिबार १७:५८:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

मकवानपुर – हेटौँडा उपमहानगरपालिकाकाे कर्रामा रहेको श्रमिक माध्यमिक विद्यालयमा स्थापना गरिएको आइसोलेसनमा रहेका पाँच जना बिरामीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । 

आइसोलेसनमा राखिएका पाँच जनाको ल्याब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता दिपेन्द्र सुवेदीले जानकारी दिनुभयो । 

शुक्रबारबाट सञ्चालनमा आएको कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा शनिबार पाँच जनाको स्वाब परीक्षण गरिएको थियो । सङ्घीय स्वास्थ्य मन्त्रालयको टोली हेटौँडा आएर ल्याबको अध्ययन गरेको हो । 

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सतीश विष्टका अनुसार एक पटक परीक्षण गर्दा झण्डै १३ हजार रुपैयाँ लागत पर्छ । मन्त्रालयसँग झण्डै पाँच सय जनाको नमुना परीक्षण गर्न पुग्ने केमिकल रहेको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया