टाटा गाडीको वारेण्टी र निःशुल्क सेवाको समय विस्तार

 चैत २२, २०७६ शनिबार २१:८:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालको लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालीले गाडी सर्भिसिङ गर्ने समय थप गरेको छ । 

सिप्रदीले कोरोना भाइरसको कारण देशभरि नै लकडाउन भएकाले यो अवधिमा सर्भिस वारेण्टी सकिएका टाटाका गाडीकोे सर्भिसिङ गर्ने समय थप गरेको हो । 

टाटा मोटर्सको कमर्सियल भेहिकलको  आउँदाे ३१ जुलाई २०२० सम्म र प्यासेन्जर भेहिकलको ३० अप्रिल  २०२० सम्म वारेन्टी र निशुल्क सर्भिसिङ सेवाको  समय थप भएको हो ।

अब अवस्था सामान्य भएपछि बाँकी फ्री सर्भिसिङको सेवा उपलब्ध गराउने कम्पनीले जनाएको छ । टाटाले आफ्ना ग्राहकलाई गाडी सर्भिसिङ गर्ने समय नाघिसकेको भए पनि नआत्तिन अनुरोध समेत गरेको छ ।

लकडाउनका कारण अहिले देशभर सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोग, एम्बुलेन्स, अत्यावश्यक र जिल्ला प्रशासनबाट अनुमति लिएका गाडी मात्र चलिरहेका छन् । अरु गाडी चलाउन र अत्यावश्यक नपरि हिँडडुलमा रोक लगाइएको छ ।   


 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया