कैलालीसँग सीमा जाेडिएका बर्दियाका राजापुर र ठाकुरबाबाकाे सबै नाका बन्द

 चैत २२, २०७६ शनिबार १९:१२:५८ | भावुक योगी
unn.prixa.net

बर्दिया – कैलालीसँग सीमा जोडिएको बर्दियाको राजापुर नगरपालिका र ठाकुरबाबा नगरपालिकाको सबै नाका बन्द गरिएकोे छ ।

पैदल या गाडीमा हिँड्ने कसैलाई पनि प्रवेश गर्न नदिने राजापुर र ठाकुरबाबा नगरपालिकाका प्रमुखले बताएका छन् । कैलालीको टिकापुर सीमासँग जोडिएको हुलाकी सडकमा पर्ने बर्दियाको राजापुरले टिकापुरको सतिघाट पुल नाका बन्द गरिएको राजापुरका नगर प्रमुख शिवप्रसाद थारुले बताउनुभयो ।

यसैगरी पूर्व–पश्चिम राजमार्गमा पर्ने बर्दियाको ठाकुरबाबा नगरपालिकाको कर्णाली चिसापानी पुल र कैलालीको लम्कीचुहा नगरपालिकासँग सीमा जोडिएको नाका बन्द गरिएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घनानारायण श्रेष्ठले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १२, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया