कविता – मेहन्दीको रङ्गीन सपना

 साउन १२, २०७५ शनिबार १४:२२:२० | अनिल पौडेल ‘किर्ते’
unn.prixa.net

मनका कुरा बोलिरहेका हरिया चुरा 
जब आपसमा ठोकिन्छन् 
आवाज गुञ्जिन्छ कानमा
टक्क पाइला रोकिन्छन्

मेहन्दीमा महंगा शब्द जेले पनि
सुहाउँदो सारीले शरीर छेले पनि
के म फूलको सुगन्ध जोख्दिन र ?
अल्झिएको सारी समेल्दा के म जिब्रो टोक्दिन र ?

हामी हिँड्ने गोरेटो यौटै नभैदिएको भए
सोच्छु... मेरो दिन कसरी टर्थ्याे होला !
तिमी यति सुन्दर नभैदिएकी भए...
तिमीलाई सुन्दर बनाउन यी चुरा र मेहन्दीलाई कति सकस पर्थ्यो होला !

मेहन्दीमा रङ्गीएको तिम्रो रङ्गीन सपना
सारीमा छरिएको तिम्रो वसन्ती बिपना
श्रावण ढल्दा शिशिर झैँ नजलिदिए हुन्थ्यो
विश्वस्त छु म आउने छैन शिशिर 
नत्र...ए श्रावण !
तिमी झुक्याएर नढलिदिए हुन्थ्यो ।।


 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया