भक्तपुर क्वरेण्टीनमा रहेका ७३ जनालाई घर पठाइयो

 चैत २४, २०७६ सोमबार १९:४२:२८ | रासस
unn.prixa.net

भक्तपुर - भक्तपुरको खरिपाटीमा रहेको क्वरेण्टीनमा रहेका ७३ जनालाई सोमबार घर पठाइएको छ ।

कोरोना प्रभावित विभिन्न देशबाट आएका उनीहरुलाई १४ दिन अगाडि भक्तपुरस्थित विद्युत् प्राधिकरणको भवनमा क्वरेण्टीनमा राखिएको थियो । 
    
यहाँ रहेका सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई नेपाली सेना र जिल्ला सुरक्षा निकायको पहलमा घरसम्म पुर्याउने गरी आज पठाइएको नेपाली सेना वीरदल गणका गणपति कर्णेल शिवप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँले खरिपाटीको क्वरेण्टीनमा रहेका उपत्यकाभित्रका २६ सहित कुल ७३ जनालाई आज घर फर्काइएको जानकारी दिनुभयो । 

नेपाली सेनाका दुई र सार्वजनिक यातायात दुई गरी चारवटा बसमा हालेर काठमाडौँ, चितवन, झापा, बुटवल, नेपालगञ्ज, मुग्लिङ, पोखरा, बनेपा र पाँचखाल पठाइएको कर्णेल पौडेलले बताउनुभयो । उनीहरुलाई बसमा खानाका लागि खानेकुरासमेत पठाएको जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया