बेलायती प्रधानमन्त्री जोनसनलाई 'आईसीयू'मा सारियाे

 चैत २५, २०७६ मंगलबार ६:२२:११ | एजेन्सी
unn.prixa.net

फाइल फोटो

काठमाण्डाै – बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई लण्डनको अस्पतालकाे सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको छ । उनी होस मै रहे पनि स्वास्थ्य स्थिति खराब हुँदै गएपछि आइसीयूमा राखिएको बीबीसीले जनाएको छ ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि शेल्फ आइसोलेशनमा बस्दै आएका प्रधानमन्त्री जोनसनलाई साेमबार १० औँ दिनमा अस्पताल भर्ना गरिएको हो ।

अस्पताल भर्ना हुनुअघिसम्म पनि प्रधानमन्त्री जोनसनले आफ्नो काम गरिरहेका थिए । अहिले विदेश मन्त्री डोमिनिक राबलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएकाे छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया