नेपाल-भारत मानव विकास एवं मैत्री संघद्वारा स्वास्थ्य सामग्री सहयोग

 चैत २७, २०७६ बिहिबार १७:४९:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल-भारत मानव विकास एवं मैत्री संघले सुदुरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको स्वास्थ्य उपचारमा रहेका चिकित्सकका लागि अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

संघले बिहीबार कोरोना भाइरस विरुद्धको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागि दुई सय थान पीपीईसहित स्वास्थ्य सामग्री सरकारलाई उपलब्ध गराएको हो।

सुदुरपश्चिम प्रदेशको समन्वयको जिम्मेवारी पाउनुभएकी खानेपानी मन्त्री विना मगरलाई शहरी राज्यमन्त्री रामवीर मानन्धरसहित संघका पदाधिकारीहरुले सामग्रीहरु हस्तान्तरण गर्नुभएको छ ।

स्वास्थ्य सामग्री ग्रहण गर्दै खानेपानी मन्त्री मगरले सुदूरपश्चिममा देखिएको अवस्थालाई मध्यनजर गरेर आवश्यक समन्वय भइरहेको बताउनुभयो । शहरी विकास राज्यमन्त्री मानन्धरले विपद्को समयमा सरकार जनताको साथमा रहेको बताउँदै सबैलाई सहयोग गर्न आह्वान गर्नुभयो ।

संघका अध्यक्ष सूर्यप्रसाद भुषालले नेपालमा निर्मित पीपीई कोरोना उपचारमा उपयुक्त रहेकोले आफूहरुले सहयोग गरेको बताउनुभयो । उहाँले सहयोग गरिएका सामग्रीहरुमा मास्क, शू-कभर, क्याप्स, गोगल्स, फेस सिल, स्यानिटाइजर, पञ्जा, एप्रोन लगायत रहेको बताउनुभयो ।  

अन्तिम अपडेट: चैत ३०, २०८०

1 Comments

  • नरिभान सिंह

    April 9, 2020, 5:56 p.m.

    Good job

  •  0 Reply

तपाईको प्रतिक्रिया