नेपालको खराब प्रदर्शन, हङकङले चार विकेटले हरायो
बैशाख ८, २०८१ शनिबार
काठमाण्डौ – दैनिक उपभोग्य वस्तु बढी मूल्य लिएर बिक्री गर्ने दुई पसललाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको छ ।
लकडाउनका अवधिमा खाद्यवस्तुमा मूल्य वृद्धि गरी बिक्री गरेकाले महांकालमा रहेको डेली ग्रोसरी प्रालिलाई दुई लाख रुपैयाँ जरिवाना गराइएको विभागले जनाएको छ ।
अधिकतम खुद्रा बिक्री मूल्य समावेश गरिएको सामान दोब्बर मूल्यमा बिक्री गरेको भेटेपछि कारबाही स्वरुप जरिबाना गराइएको विभागका अनुगमन निरीक्षक दीपक पोख्रेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार बिहीबारै इमाडोलमा रहेको दीपशिखा स्टोर्सलाई पनि पचास हजार रुपैयाँ जरिवाना गराइएको छ । अनुगमनका क्रममा बढी मूल्य लिएको भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार जरिवाना गरिएको पोख्रेलले जानकारी दिनुभयो ।
विभागले बुधबार बढी मूल्यमा किराना सामग्री बिक्री गरेकाले सीतापाइलामा रहेको बुद्धबजार प्रालिलाई दुई लाख रुपैयाँ जरिबाना तिराइएको छ ।