लकडाउनका बेला बर्दियाका केही नेता र व्यापारी जुवाको खालबाट पक्राउ

 बैशाख ५, २०७७ शुक्रबार २०:८:५९ | भावुक योगी
unn.prixa.net

बर्दिया - लकडाउनका बेला बाँसगढीको एउटा होटलभित्रै जुवा तास खेल्दै गरेको अवस्थामा बर्दिया प्रहरीले नेता तथा व्यापारीलाई पक्राउ गरेको छ । 

बर्दियाको बाँसगढी नगरपालिकामा पर्ने बाँसगढी बजारमा रहेको अतिथि होटलमा जुवा तास खेलिरहेको अवस्थामा बिहीबार साँझ ७ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । 

पक्राउ परेका केही स्थानीय नेता हुन् भने केही व्यापारी हुन् । जुवा खेलिरहेको अवस्थामा पक्राउ पर्नेहरुमा बाँसगढी नगरपालिका ५ का नरबहादुर वली, सुरश रेग्मी र सोदे विष्ट रहेका छन् । 

यसैगरी बढैयाताल गाउँपालिका ७ का श्रीकृष्ण गिरी, कोहलपुर नगरपालिकाका पुरन गिरी, शिशिर गिरी र श्याम कुँवर रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिनुभयो । 

यस्तै जुवाको खालबाट नगद ५ लाख ६० हजार ९० रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु उपर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ९एसपी० राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो ।

उनीहरुलाई मुद्धा दर्ता गरी घर जिम्मामा पठाइएको र लकडाउन सकिएलगत्तै जिल्ला अदालतको आदेश अनुसार जिल्ला प्रहरी कार्यालय बर्दियामा हाजिर गराई कारबाही प्रकृया अघि बढाइने एसपी बास्तोलाले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया