नौ महिनामा भित्रियो झण्डै २२ अर्ब रुपैयाँको औषधी : पोहोरको तुलनामा कम

 बैशाख ९, २०७७ मंगलबार १०:४८:८ | उज्यालो सहकर्मी
unn.prixa.net

 काठमाण्डौ - चालु आर्थिक वर्षको नौ महिना अर्थात साउनदेखि चैतसम्म झण्डै २२ अर्ब रुपैयाँको औषधी आयात भएको छ ।

भन्सार विभागका अनुसार नौ महिनामा २१ अर्ब ९७ करोड ६४ लाख रुपैयाँको औषधी र यसको कच्चा पदार्थ आयात भएको छ । पछिल्लो एक महिनामा मात्रै १ अर्ब ३५ करोड रुपैयाँको औषधी र कच्चा पदार्थ आयात भएको छ । फागुनसम्म २० अर्ब ५२ करोड रुपैयाँको औषधि आयात भएकोमा चैतमा बढेर २१ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । 

तर गएको आर्थिक वर्षको नौ महिनामा भन्दा यो आर्थिक वर्षको नौ महिनामा औषधिको आयात घटेको छ । गत वर्ष नौ महिनामा २३ अर्ब २० करोड ९७ लाख रुपैयाँको औषधि आयात भएको थियो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया