सानिमा बैंकद्वारा कोरोना भाइरस रोकथाम कोषमा १ करोड ६८ लाख रुपैयाँ सहयोग

 बैशाख ११, २०७७ बिहिबार १९:४३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सानिमा बैंकद्वारा कोरोना भाइरस सङ्क्रमण, रोकथाम तथा उपचार कोषलाई  १ करोड ६८ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । 

सानिमा बैंक लिमिटेडले कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रण तथा उपचारको सहयोगका लागि नेपाल सरकारलाई १ करोड ६८ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको हो । जसअन्तर्गत बैंकका कर्मचारीहरुको तर्फबाट ३३ लाख रुपैयाँ प्रदान गरिएको छ ।

केन्द्रीय सरकार अन्तर्गत कोरोना भाइरस सङ्क्रमण , रोकथाम तथा उपचार कोषमा  ९८ लाख रुपैयाँ र प्रत्येक प्रदेश सरकारलाई  १० लाख रुपैयाँका दरले ७० लाख रुपैयाँ सहयोग रकम उपलब्ध गराइएको छ ।

बैंकका हरेक प्रादेशिक कार्यालयका प्रतिनिधिहरु मार्फत् आ-आफ्ना प्रदेश सरकारलाई यस सहयोग रकम हस्तान्तरण तथा केन्द्र सरकारको कोरोना भाइरस सङ्क्रमण, रोकथाम तथा उपचार कोषमा रकम जम्मा गरेको हो । 

यसबाट कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा उपचारका लागि सरकारलाई मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । यस प्रतिकूल परिस्थितिमा बैंकले काठमाण्डौ उपत्यकाभित्र र बाहिरका विभिन्न शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्नुका साथै सर्वसाधारणको सुरक्षालाई ध्यानमा राख्दै विभिन्न डिजिटल बैंकिङ्ग च्यानलहरु मार्फत् निःशुल्क सेवा प्रदान गर्दै आइरहेको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया