इलाम : भारतबाट नेपाल आउँदै गरेका २० जनालाई भारत फिर्ता पठाइयो

 बैशाख १६, २०७७ मंगलबार २१:२१:१३ | सुजता सुनुवार
unn.prixa.net

इलाम – इलामको पशुपतिनगर नाका हुँदै लुकीछिपी भारतबाट नेपाल प्रवेश गर्दै गरेका २० जनालाई भारततर्फ नै फर्काइएको छ । 

लकडाउनका समयमा कोरोना भाइरस संक्रमण रोकथामका लागि सतर्क रहन इलामले प्रवेशमा रोक लगाएकोले पशुपतिनगर नाकाका सुरक्षा निकायले उनीहरुलाई रोकेर उतै फर्काएको बताइएको छ । 

रोजगारीका सिलसिलामा गएका दोलखाका २० जना नेपालीलाई सोमबार नाकाबाट फर्काइएको शसस्त्र प्रहरी बल (बीओपी) पशुपतिनगरका इन्सपेक्टर पवन खड्काले बताउनु भयो । उनीहरुलाई रोकेर केही समय परामर्श दिएपछि भारततिर नै फर्काइएको हो । 

‘लकडाउनका कारण यातायात सञ्चालन नभएकाले प्रवेश गराए उनीहरु अझ बढी बिचल्लीमा पर्ने भएकाले समेत उतै पठाउन उचित भएको इन्सपेक्टर खड्काले बताउनु भयो । इलामको नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीले उच्च सर्तकताका साथ सुरक्षा गरिरहेको छ ।

अहिले पनि लुकीछिपी भारतबाट नेपाल प्रवेश गर्ने नेपालीहरु भेटिन्छन् । यसले जोखिम बढ्ने भएकाले उच्च सर्तकता र सुरक्षा अपनाइएको बताइएको छ । इलामको नेपाल भारत सीमा क्षेत्रका १८ स्थानमा सशस्त्र प्रहरी पोष्ट स्थापना गरी सुरक्षा दिँदै आएको इन्सपेक्टर खड्काले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया