ला लिगा जुनकाे पहिलाे हप्तादेखि सुरु गर्ने आयाेजककाे तयारी

 बैशाख २३, २०७७ मंगलबार ९:२८:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरसकाे कारण स्थगित भएको स्पेनिस ला लिगा फुटबल जुन महिनाको पहिलो हप्ताबाट सुरु गर्ने तयारी रहेको आयोजकले जनाएको छ ।

क्लबहरु यसै हप्तादेखि प्रशिक्षणमा फर्कने र जुनको पहिलो हप्तादेखि प्रतियोगिता सुरु गर्ने तयारी रहेको बीबीसीले जनाएको छ । भौतिक दुरी कायम राख्दै प्रशिक्षण सुरु गर्न क्लबहरुलाई स्पेनको स्वास्थ्य मन्त्रालयले अनुमति दिएको छ ।

लिगका खेल सुरु हुनुअघि सबै खेलाडीको स्वास्थ्य जाँच गरिने र दर्शकविनाकाे रङ्गशालामा  खेल खेलाउने तयारी छ । ११ औँ चरणको खेल बाँकी रहेको अवस्थामा गएको मार्चदेखि ला लिगा अनिश्चितकालका लागि स्थगित भएको थियो ।

लिगमा बार्सिलोना ५८ अङ्कसहित शीर्ष स्थानमा छ भने ५६ अङ्कसहित रियल मड्रिड दोस्रो स्थानमा छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया