नागरिकले सत्य कुरा बुझ्ने माैका पाए, संसद् पुनर्स्थापना भएर के...
फागुन १२, २०७७ बुधबार
बारा – स्थानीयवासी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले कुटाकुट गरेपछि बाराको विश्रामपुर गाउँपालिका ४ बलिरामपुरमा तनाव भएको छ ।
साेमबार बेलुकी बलिरामपुरका केही युवाले एसएसबीका एक जवानलाई कुटपिट गरेको र आज एसएसबीका जवानले खेतमा काम गरिरहेका विश्रामपुरका छोटेलाल साहलाई कुटपिट गरेपछि तनाव उत्पन्न भएको हो ।
दशगजा नजिकै रहेकोे खेतमा काम गरिरहेका साहलाई आज बिहान एसएसबीका जवानले कुटपिट गरेपछि तनाव सिर्जना भएको विश्रामपुर ४ का वडाध्यक्ष मदन यादवले जानकारी दिनुभयो ।
सीमा क्षेत्रमा अहिले ठूलो सङ्ख्यामा दुवैतर्फका सुरक्षाकर्मी परिचालन गरिएकाे बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिनुभयो ।
जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।