बिचौलिया नहुँदा किसानको उत्पादन बिक्री नभएको मन्त्री भट्टको दाबी

 बैशाख २३, २०७७ मंगलबार १२:२५:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डाै – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले अहिले बिचौलियाहरु किसानको बारीमा नपुगेकाले किसानलाई केही समस्या परेको बताउनुभएको छ ।

लकडाउनले गर्दा बिचौलिया नपुग्दा किसानका उत्पादन बिक्री–वितरणमा केही समस्या भएको तर बिचौलियाविनाको व्यापार पनि राम्रो भएको मन्त्री भट्टको भनाइ छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको भिडिओ कन्फ्रेन्समा मन्त्री भट्टले किसानका उत्पादन बजारसम्म ल्याउन सहकारी र पालिकाहरुले समन्वय गरिरहेको र ढुवानी खर्चको २५ प्रतिशत अनुदान दिने व्यवस्था मिलाएकाले किसानले पालिकाहरुमा सम्पर्क गर्न सक्ने पनि बताउनुभयो ।

सरकारले सकभर स्थानीय उत्पादनलाई प्राथमिकता दिने नीतिका साथ काम गरिरहेको तर भारत या अन्य देशबाट आउने तरकारी या खाद्यान्न रोक्न भने नमिल्ने उहाँले बताउनुभयो । सरकारी कम्पनीले किसानको खेतबारीमै गएर गहुँ, दलहन, तेलहनलगायतका खाद्यान्न खरिद गरिरहेको पनि मन्त्री भट्टको दाबी छ । 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया