कोरोनाका कारण रेमिट्यान्स घट्यो, अर्थतन्त्रमा ठूलो समस्या आउँछ : गभर्नर अधिकारी

व्यवसायीको ऋण मिनाहा गर्न सकिन्न

 बैशाख २३, २०७७ मंगलबार १४:५३:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ -  राष्ट्र बैंकका भर्नर महाप्रसाद अधिकारीले कोरोना भाइरसको महामारीका कारण कारण रेमिट्यान्स घट्ने भएपछि अर्थतन्त्रमा ठूलो समस्या आउने बताउनुभएको छ। 

संघीय संसदको अर्थ समितिको बैठकमा गभर्नर अधिकारीले रेमिट्यान्समा २० प्रतिशतभन्दा धेरैले घट्ने देखिएकाले हुँदा त्यसले अर्थतन्त्रका धेरै पक्षलाई असर गर्ने बताउनुभयो । 

कोरोनाका कारण वैदेशिक लगानी र देशभित्रको आर्थिक गतिविधिमा पनि कमी आउने लगायतका कारणले अर्थतन्त्र थप प्रभावित हुने गर्भनर अधिकारीको भनाइ छ । उहाँले उत्पादनको क्षेत्रमा लगानी बढाउने र रोजगारी प्रवर्द्धन हुनेगरी आउँदो आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारी थालिएको समेत बताउनुभयो । 

यस्तै गभर्नर अधिकारीले कोरोनाको प्रभावमा परेका व्यवसायीको ऋण मिनाहा गर्न नसकिने बताउनुभयो । ब्याज तिर्ने भाका सार्न सकिने तर ऋण मिनाहा गर्न नसकिने उहाँको भनाइ छ ।  

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया