बझाङका पालिकाद्वारा यार्सागुम्बा संकलनमा रोक

 बैशाख २३, २०७७ मंगलबार २०:५७:२७ | डीबी बिष्ट
unn.prixa.net

बझाङ - बझाङ जिल्लाका पालिकाहरुले यार्सा संकलनमा रोक लगाएका छन् । 

जिल्लाको साईपाल र सुर्मा गाँउपालिका तथा बुंगल नगरपालिकालगायतले लकडाउन लागू भएसँगै यार्सा संकलनमा रोक लागएका हुन् । यार्सा संकलन गर्ने ठाँउमा बढी भिडभाड हुने भएकाले रोक लगाउनु परेको पालिकाहरुाके भनाइ छ । 

स्थानीय बासिन्दाको मुख्य आयस्रोत यार्सा भएका कारणसंकलनमा रोक लगाउँदा आर्थिक समस्या निम्तिने साईपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर धामीको विचार छ । स्थानीयहरुले ३ महिना यार्सा संकलन गरेर वर्ष दिनका लागि खाना जोहो, बालबालिकाको पढाई खर्चका अन्य घरखर्चको जोहो गर्दै आएका छन् । 

सुर्मा गाँउपालिकाका अध्यक्ष नरबहादुर बोहराले भर्न लामो समयसम्म रोक लागेमा स्थानीयको घरमा चुलो बल्न मुश्किल हुने बताउनुभयो । 

स्थानीयका अनुसार यार्सा संकलनको समयमा भारत तथा विदेश जानेहरु समेत गाँउघरमै बस्ने गरेका छन् । यार्सा संकलन बन्द गर्दा गाउँमा भोकमरी हुनका साथै अधिकांश युवा विदेश पलायन हुनुपर्ने अवस्था आउन सक्छ । 

प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले लकडाउनलाई थप प्रभावकारी बनाउन जिल्लाका सारोकारवालाहरु सँग समन्वय गरेर यार्सा संकलनमा रोक लगाएको बताउनुभयो । 

आफुहरुले डिभिजन वन कार्यालय र सम्बन्धित सबै पालिकाहरुमा यार्सा संकलन गर्न रोक लगाउन तथा संकलन पुर्जी नदिनसमेत अनुरोध गरेको बताउदै पजिअ पाण्डेले लकडाउन उल्लंघन गरेको पाइएमा ठहरी कानुन बमोजिम कारबाही गरिने बताउनुभयो। 

अन्तिम अपडेट: चैत १५, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया