प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
लमजुङ - लमजुङका विभिन्न पालिकाहरुले लकडाउनको पालना गर्दै सामाजिक दूरी कायम गरेर स्थानीय स्रोत साधनको उपयोग गर्दै अधुरा योजनाहरुलाई अगाडि बढाउने भएका छन् । पालिकाहरुले सम्झौता भइसकेका र अधुरा रहेका योजनाहरुलाई अघि बढाउने भएका हुन् ।
कृषि, पशुपालनका क्षेत्रका साथै प्राथमिकताका आधारमा विकासे योजनाहरु अघि बढाउन नगरपालिका जुटेको नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण केसीले जानकारी दिनुभयो ।
‘कृषि पशुपालन, आय-आर्जन कार्यक्रम अघि बढाउन नगरपालिका जुट्दै छ, स्थानीय स्रोत साधन, स्थानीय जनशक्ति परिचालन गरी प्राथमिकताका आधारमा कतिपय विकासे योजनाहरु पनि अघि बढाउने नगरपालिकाले निर्णय गरेको छ’, उहाँले भन्नुभयो ।
यसैगरी, स्थानीय स्रोतसाधन, जनशक्तिको उपयोग गर्दै प्राथमिकताका आधारमा योजना, कार्यक्रम अघि बढाइने राइनास नगरपालिकाले जनाएको छ ।
मर्स्याङ्दी गाउँपालिकाले स्थानीय कच्चा पदार्थ, स्थानीय मजदुर परिचालन गरी सामुदायिक भवन निर्माण, बाटोघाटो, कुलो निर्माण, नाला निर्माण, वाल निर्माण लगायतका कार्यहरु अघि बढाउने उपाध्यक्ष होमबहादुर विकले जानकारी दिनुभयो ।
'यो समयमा एक गाउँका मजदुर अर्को गाउँमा गएर मजदुरी गर्न पाउने छैनन् । जो जहाँ छन् त्यहीँका मजदुर परिचालन गरी काम गर्ने गरि तयारी अघि बढाएका छौँ', विकले भन्नुभयो ।
यस्तै, दोर्दी गाउँपालिकाले पनि इस्टिमेट भइ सम्झौता भएका, लकडाउनका कारण रोकिएका योजनाहरुलाई अघि बढाएको छ ।
‘विशेषगरी ज्याला मजदुरी गर्दै आएका स्थानीय मजदुरलाई परिचालन गरि सामाजिक दूरी कायम गरी विकासे योजनाहरु अघि बढाइको छ', गाउँपालिका उपाध्यक्ष दिलबहादुर घलेले भन्नुभयो ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।