एनआईसी एशियाका एटीएमहरूमा अब मास्टरकार्ड प्रयोग गर्न सकिने

 बैशाख २५, २०७७ बिहिबार १४:३३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - एनआईसी एशिया बैंकको एइक टर्मिनल तथा एटीएमहरूमा मास्टरकार्डको डेबिट तथा क्रेडिट कार्डहरू प्रयोग गर्न सकिने भएको छ । बैंकले अन्तर्राष्ट्रिय कार्ड सेवा प्रदायक कम्पनी मास्टरकार्डसँगको सहकार्य गरेपछि यस्तो सुविधा ल्याएको हो ।

यो व्यवस्थासँगै अब कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाहरूले जारी गरेको मास्टरकार्डका डेबिट तथा क्रेडिट कार्यहरूको प्रयोगकर्ताले यस बैंकको एइक् टर्मिनलमार्फत कारोबार रकम भुक्तानी तथा एटीएम मेसिनहरूबाट नगद निकाल्न र मौज्दात सोधपुछ सुविधाका लागि प्रयोग गर्न सक्नेछन् । 

होटल, रेष्टुरेन्ट, पर्यटन क्षेत्रमा मास्टरकार्ड प्रयोगकर्ताहरूको संख्या धेरै रहेकोले मास्टरकार्डको यस सुविधासँगै एनआईसी एशिया बैंकले मर्चेन्ट भुक्तानी सेवामा थप सहयोग पुर्याएको छ । 

साथै बैंकले यसअघि नै सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’ स्थापना गरी २४ सै घण्टा आवश्यक बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरिरहेको छ । 


 

अन्तिम अपडेट: जेठ ३०, २०७७

तपाईको प्रतिक्रिया