नेपाललाई भारतको जवाफ : निर्माण भएको सडक भारतीय भूमिमै पर्छ

 बैशाख २७, २०७७ शनिबार २२:१५:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - भारतले लिपुलेक हुँदै चीनसम्म पुग्ने सडक आफ्नै भूमिमा बनाएको दाबी गरेको छ ।

लिपुुलेकको नेपाली भूमि हुँदै भारतले सडक खनेकोमा नेपालले आपत्ति जनाएको केही घन्टामै भारतीय विदेश मन्त्रलायले विज्ञप्ति निकालेर लिपुलेकमा खनिएको सडक आफ्नै भएको दाबी गरेको हो । यो भूमि उत्तराखण्डको पिथौरागढ जिल्लामा पर्ने उसको दावी  छ । कैलाश मानसरोवर यात्रामा तिर्थालु हिँड्ने रुटमा नै सडक बनाएको भारतले जनाएको छ । 

सीमामा भएका समस्या समाधानको लागि नेपाल र भारतले विभिन्न संयन्त्र बनाएको र तिनै संयन्त्रमार्फत विवादको समाधान निकाल्न सकिने भारतीय विदेश मन्त्रालयका प्रवक्ताले जनाएका छन् । दुई देशले विदेश सचिवस्तरीय वार्ताको तयारी भएको र कोरोनाको महामारीपछि छलफल गरिने विज्ञप्तीमा उल्लेख छ  ।

अन्तिम अपडेट: चैत ३०, २०८०

4 Comments

  • Awadhesh Thapa

    May 10, 2020, 2:30 p.m.

    नेपाल छलफल मात्र गर्छ।तर इंडिया ले त्यसलाई कुरा न गरी सिधै कार्य गर्छ। त्यसै गरी नेपाल पनि सिधै त्यसको जवाब कार्यवाही गरेर अगाडि बढ्नु पर्छ ।।कडा कदम उठाउदै न नेपाल ।।

  •  0 Reply
  • प्रेम खड्का

    May 10, 2020, 11:42 a.m.

    हाम्रा देशका नेतालाइ आफ्नो देश को सीमा कहाँ सम्म पर्छ त्यो त थाहा छैन।अरु के भनु मन दुखेर आउँछ।

  •  0 Reply
  • Baliram Bc

    May 10, 2020, 2:52 a.m.

    यो भारत ले पटक पटक नेपाल लाई hepne गरेको छ हामी सुगौली सन्धि सम्झौता बमोजिम काम गर्दा गर्दै पनि किन यस्तो गरेको छ तत्काल सरकार लाई कडा निर्णय लिन जरुरी छ नत्र अब जनता रोडमा आउन बाध्य हुने छन्

  •  1 Reply
  • ANIL BAHADHU BUDHA

    May 10, 2020, 12:26 a.m.

    यो कुरा मा नेपाल सरकारले आफ्नो भुमिको बारे नेपाली जन्तामा नेपाल को भुमी काँहा सम्म नेपाल हो भनी सम्झौता गर्नु पर्छ यो गरि भने नेपाली भएको कुनै अथ हुने छैन

  •  0 Reply

तपाईको प्रतिक्रिया