इरानी सेनाले हानेको मिसाइल 'भुलवश' आफ्नै जहाजमा ठोक्कियो, १९ को ज्यान गयाे

 बैशाख २९, २०७७ सोमबार १७:३:० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – ओमानकाे खाडीमा सैन्य अभ्यासकाे क्रममा इरानकाे एक क्षेप्यास्त्र (मिसाइल) आफ्नै जलसेनाकाे जहाजमा खस्दा १९ सैनिककाे ज्यान गएकाे छ । 

घटनामा अन्य १५ जना घाइते भएका छन् । याे सैन्य अभ्यासमा इरानी जलसेनाकाे दुई वटा जहाज समावेश गरिएकाे थियाे । 

इरानकाे सरकारी सञ्चारमाध्यमका अनुसार एक नयाँ एन्टी शिप क्षेप्यास्त्रकाे परीक्षणकाे क्रममा आइतबार याे घटना भएकाे हाे । 

ओमानकाे खाडीमा चलिरहेकाे याे परीक्षणकाे क्रममा क्षेप्यास्त्र सैन्य उपकरण लैजाने काेणार्क नामकाे जहाजकाे लाइट सपाेर्टसँग ठाेक्किएकाे थियाे । 

याे सैन्य अभ्यास हार्मुज स्ट्रेट नजिक भइरहेकाे थियाे । क्षेप्यास्त्रलाई युद्धपाेत जामरानबाट छाेडिएकाे थियाे । 

इरानी सेना लगातार यस किसिमकाे परीक्षण गर्दै आएकाे छ । 

सरकारी सञ्चारमाध्यमकाे रिपाेर्टमा बताइएकाे छ– 'इरानकाे दक्षिणी तटमा आइतबार दिउँसाे सैन्य अभ्यासकाे क्रममा बन्दर–ए–जस्कमा काेणार्क जहाजसँग एक क्षेप्यास्त्र ठाेक्कियाे । लक्ष्य प्रयासका क्रममा जहाज क्षेप्यास्त्रकाे सम्पर्कमा आयाे, किनकि त्यस समय लक्ष्य र जहाजबीचकाे दुरीलाई ध्यान दिइएकाे थिएन ।'

याे घटना राजधानी तेहरानकाे दक्षिण पूर्वमा झण्डै एक हजार दुई सय ७० किलाेमिटर टाढा ओमानकाे खाडीकाे पाेर्ट अफ् जस्कमा भएकाे थियाे । 

जामरान र काेणार्क जहाज इरानी जलसेनाले प्रयाेग गर्छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया