५० दिनपछि खुल्यो शेयरबजार, २ घन्टा कारोबार हुने

 बैशाख ३०, २०७७ मंगलबार १०:५९:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - लकडाउनका कारण बन्द रहेको शेयरबजार ५० दिनपछि खुलेको छ ।

सरकारले लकडाउन केही खुकुलो बनाउने निर्णय गरेपछि केही शर्तसहित शेयरबजार खुलेको हो । तर कारोबार भने २ घन्टा मात्रै हुनेछ । ११ बजेदेखि १ बजेसम्म मात्रै कारोबार हुने नियामक निकाय धितोपत्र बोर्डले जनाएको छ ।

अब शेयर कारोबारमा २ प्रतिशतको वृद्धि आउनेबित्तिकै सर्किट ब्रेक लाग्नेछ । प्रारम्भिक कारोबार सत्रमा मूल्य प्रविष्ट गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको एक प्रतिशतसम्म परिवर्तन हुनसक्ने र कारोबार आदेश प्रविष्ट गर्दा २ प्रतिशतसम्म परिवर्तन हुनसक्ने व्यवस्था गरी समग्रमा दिनको तीन प्रतिशतभन्दा बढी पविर्तन हुन नदिने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

नेप्से, केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी) मर्चेन्ट बैंकरलगायतका कार्यालय भने आइतबारदेखि खुलिसकेका छन् । चैत ९ गतेसम्मको कारोबारमा नेप्से १२ सय ५१ दशमलव ४५ विन्दुमा रहेको छ ।

अन्तिम अपडेट: असार १२, २०७७

तपाईको प्रतिक्रिया