त्रिभुवन विश्वविद्यालयसँगकाे सहकार्यमा एनसेलले ल्यायो ‘मोबाइल क्लास डेटा प्याक’

 जेठ १, २०७७ बिहिबार १०:५९:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गरी एनसेल प्राइभेट लिमिटेडले विद्यार्र्थीहरुका लागि मोबाइल क्लास डेटा प्याक ल्याएको छ । 

लकडाउनले गर्दा घरमा बसिरहेका र उनीहरुको अनलाइन शिक्षाका लागि इन्टरनेट सेवाको आवश्यकतालाई ध्यानमा राखेर एनसेलले १६ जीबी डेटा भोलुम रहेको यो प्याक बुधबारबाट सञ्चालनमा ल्याएको हाे ।

१५० रुपैयाँमा १६ जीबी डेटा

विद्यार्थीले १५० (कर सहित रु १९१.५४) रुपैयाँमा यो प्याक लिन सक्छन् । प्याक अन्तर्गतको डेटा भोलुमको समयसीमा ७ दिनको रहनेछ । 

मोबाइल क्लास प्याक अन्तर्गत विद्यार्थीहरुले  ४ जीबी अल टाइम डेटा (थ्रिजी, फोरजी) र २ जीबी भिडियो डेटाको फाइदा लिन सक्नेछन् । विद्यार्थीले यो ४ जीबीको अल टाइम डेटा प्याक कुनै पनि नेटवर्कमा प्रयोग गर्न सक्नेछन् भने २ जीबी भिडियो प्याकअन्तर्गत विद्यार्थीले युट्युब, आइफिल्क्स र अन्य गुगल सर्भिसहरुमा प्रयोग गर्न सक्नेछन् ।

माइक्रोसफ्ट टिम्स्मार्फत भर्चुअल अध्ययनका लागि १० जीबी डेटा

यस प्याकको प्रमुख विषेशतामा माइक्रोसफ्ट टिम्स् प्रयोग गर्नका लागि १० जीबी डेटा रहेको छ । विद्यार्थीहरुले माइक्रोसफ्ट टिम्स् मार्फत शिक्षकसँग अनलाइन शिक्षा लिनवाआफ्ना साथीहरुसँग समुहमा रहेर अध्ययन गर्न सक्छन् । 

विद्यार्थीहरुले *१७१२३*२०# डायल गरी वा अंग्रेजीको सानो अक्षरमा ईडीयू टाइप गरी १७१२३ मा एसएमएस पठाएर यो प्याक लिन गर्न सक्छन् । साथै एनसेल एपबाट पनि यो प्याक लिन सकिन्छ । 

अनलाइन सिकाइका लागि विषेश रुपमा तयार पारिएको यो डेटा प्याकले विद्यार्थीहरुलाई आफ्ना शिक्षकहरु र कक्षाका साथीभाईसँग सम्पर्कमा रहँदै उनीहरुको अनलाइनमार्फत हुने अध्ययनमा ठूलो योगदान पुर्याउने विश्वास कम्पनीले लिएको छ । 

यसबाहेक एनसेलका अरु विभिन्न सेवा तथा अफरहरु पनि चलिरहेका छन् ।

कम्पनीका रिचार्जमा १२० प्रतिशत बोनस, पे एज यु गो इन्टरनेट सेवामा २५ प्रतिशत छुट, १५ जीबी स्टे होम डेटा प्याक, निःशुल्क ब्यालेन्स ट्रान्सफर सेवा, सापटी रकममा थप, एसएमएस र डेटा प्रयोग गरी पछि शुल्क तिर्न मिल्ने, विश्वका विभिन्न १५ देशको कल शुल्कमा छुट, डिजिटल सेवाहरुमानिःशुल्क पहुँचजस्ता अन्य थुप्रै सेवाहरु पनि चलिरहेका छन् । 

एनसेलका सेवा तथा योजनाहरुको थप जानकारी तलकाे लिङ्कमार्फत पाउन सकिन्छ :

https://www.ncell.axiata.com/staysafe

अन्तिम अपडेट: चैत १३, २०८०

1 Comments

  • Ankit shah

    May 14, 2020, 1:33 p.m.

    For study

  •  0 Reply

तपाईको प्रतिक्रिया