नेकपा सचिवालय बैठकमा सरकारले ल्याउने नीति तथा कार्यक्रमबारे छलफल

 जेठ २, २०७७ शुक्रबार १४:१७:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा सरकारले ल्याउने नीति तथा कार्यक्रमको विषयमा छलफल भएकाे छ ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याउने नीति तथा कार्यक्रमका बारेमा सचिवालय सदस्यहरुको सुझाव मागेपछि आज बैठक बसेको थियो । बैठकमा सदस्यहरुले सरकारले ल्याउने नीति कार्यक्रमका बारेमा महत्वपूर्ण सुझाव दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । यद्यपि के सुझाव दिए भन्ने उहाँले केही खुलाउनु भएन ।

सचिवालयमा स्थायी कमिटी बैठकका विषयमा नीति तथा कार्यक्रमपछि छलफल गर्ने समझदारी पनि भएको छ । यसअघि दुई पटक स्थगित भएको स्थायी कमिटी बैठक बोलाउने विषयमा नीति तथा कार्यक्रमपछि अध्यक्षद्वय र सचिवालय बैठकमा छलफल भएपछि बैठकका विषयमा टुङ्गो लाग्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आजको सचिवालयको बैठकमा पार्टीका अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्रीले सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा केही महत्वपूर्ण सुझावहरु छन् भने अझै पनि दिनकाे लागि सचिवालय बैठकलाई अनुरोध गर्नुभयो र त्यसका बारेमा केही विषयहरुमा महत्वपूर्ण सुझावहरु पनि सचिवालयको तर्फबाट दिने काम भएको छ । पार्टीको स्थायी कमिटी बैठकका बारेमा आज कुनै टुङ्गो भएको छैन । नीति तथा कार्यक्रमपछि त्यसबारेमा नेतृत्वबीचमा र सचिवालयको बैठकमा छलफल होला ।’ 

नेकपा स्थायी कमिटी बैठक यसअघि दुई पटक बोलाएर स्थगित भएको थियो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया