भ्रष्टाचारीले उन्मुक्ति पाउने दिन गए : राष्ट्रपति भण्डारी

 जेठ २, २०७७ शुक्रबार १६:५०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा कानुनी शासन बलियो बन्दै गएको बताउनुभएको छ । उहाँले भ्रष्टाचारीले उन्मुक्ति पाएका पाउने दिन गएको र यो सरकारले भ्रष्टाचारविरुद्धको कारबाही तीव्र बनाएको दाबी गर्नुभयो ।

‘कानुनी शासन स्थापित भएको छ । नागरिकले मौलिक हक अनुसारकाे सेवा सुविधा राज्यबाट पाएका छन्’, भण्डारीले भन्नुभयो ।

विसं २०८७ सम्म दिगो विकासका लक्ष्य हासिल गर्दै मध्यम आय भएको देशमा पुर्‍याउने तर यही सरकारकाे पालामा विकासशील देश बनाउने गरी काम भइरहेको र २०९९ सालसम्म समुन्न्त नेपाल बनाउने गरी आधार तयार भइरहेको राष्ट्रपति भण्डारीको दाबी छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

1 Comments

  • Ishwor Yadav

    May 15, 2020, 5:29 p.m.

    यदि नेपालमा भ्रष्टाचारीले उन्मुक्ति पाउने दिन गएको भए आज धेरै नेता जेलमा हुन्थे / गफ पनि कति हाँक्न सकेका .....गल्ती त नेपाली नागरिक कै हो, जो मुर्ख नेताको गफमा बिके ...आलु रोपेर मकै फल्ने आश गर्नुहुँदैन /

  •  0 Reply

तपाईको प्रतिक्रिया