कृषिमा अनुदान रणनीतिः रकममा नभइ उत्पादन सामग्रीमा दिइने

 जेठ २, २०७७ शुक्रबार १८:१२:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले कृषि उत्पादनका लागि दिइने अनुदानमा केही रणनीति परिवर्तन गर्ने भएको छ । यसअघि रकम अनुदान दिँदै आएको सरकारले अब उत्पादन सामग्रीमा अनुदान उपलब्ध गराउने भएको हो ।

उत्पादन सामग्रीमा अनुदान दिएमा वास्तविक किसानले राहत पाउने भएकोले यस्तो रणनीति अपनाइएको राष्ट्रपति विद्यादेवी भण्डारीले बताउनुभयो । यस्तै वैदेशिक रोजगारीबाट फर्किएकालाई कृषिमा आकर्षित गर्न विशेष कार्यक्रम ल्याइने भएको छ ।

कृषि सामग्रीको सङ्कलन केन्द्र र बिक्री केन्द्रसमेत खडा गरी कृषकको उत्पादनको बजार सुनिश्चित गरिने भएको छ । यस्तै कृषि उपजको न्यूनतम समर्थन मूल्य तोकिने भएको छ ।

बजारीकरणमा सुधार गरी आवश्यकता अनुसार अरु पूर्वाधार पनि विस्तार गरिने भएको छ । यस्तै सरकारले नस्ल सुधार र पोषणयुक्त पशुपालनमा विशेष व्यवस्था गर्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदाे वर्ष २०७७/७८ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरिरहनुभएकाे छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया