पूर्व–पश्चिम राजमार्ग ४ लेनको हुने, सिद्धबाबामा सुरुङको काम थालिने

 जेठ २, २०७७ शुक्रबार १८:२१:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पूर्व–पश्चिम राजमार्गको सबै खण्डलाई चार लेनको द्रूत मार्ग बनाइने भएको छ । आउँदो वर्षको नीति तथा कार्यक्रममा पूर्व–पश्चिम राजमार्गको सबै खण्ड चार लेनको बनाइने उल्लेख छ ।

बुटवल–नारायणगढ र कमला–कञ्चनपुर खण्डको विस्तार तीन वर्षभित्र सकिने उल्लेख छ । काठमाण्डौ–तराई मधेश फास्ट ट्र्याकको काम तीन वर्षमा सक्ने नीति तथा कार्यक्रममा बताइएकाे छ ।

आउँदो आर्थिक वर्षमा मध्यपहाडी लोकमार्गको तीन सय किलोमिटर, हुलाकी राजमार्गको दुई सय ५० किलोमिटर र उत्तर–दक्षिण कालीगण्डकी करिडोर ९० किमि सडक कालोपत्रे गरिने कार्यक्रममा उल्लेख छ  ।

त्यस्तै नागढुङ्गा–नौबिसे सुरुङको एक किलोमिटर काम आउँदो वर्ष सक्ने र पाल्पाको सिद्धबाबामा सुरुङ निर्माण थालिने नीति तथा कार्यक्रममा उल्लेख छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया