पाल्पा जिल्ला आज बिहानदेखि साेमबारसम्म बन्द

 जेठ ३, २०७७ शनिबार ७:१०:४५ | मदन पौड्याल
unn.prixa.net

पाल्पा - पाल्पा जिल्ला आज (शनिबार) बिहानदेखि पर्सि (सोमबार) सम्म बन्द गरिएको छ ।

छिमेकी जिल्लाहरु रुपन्द्रेही, कपिलवस्तु र नवलपरासीमा कोरोना सङ्क्रमणका बिरामी भेटिएपछि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी यज्ञेश्वर पन्थीले जानकारी दिनुभयो ।

कोरोना संकट व्यवस्थापन समितिको निर्णय अनुसार अर्को निर्णय नआएसम्म साेमबार मध्यरातसम्म बन्द गरिएको उहाँले बताउनुभयो । औषधी, एम्बुलेन्स, शववाहन लगायत अत्यावश्यक वस्तुको गाडी बाहेक कुनै पनि गाडी सञ्चालन नगर्ने र उद्योग व्यवसाय समेत बन्द गर्ने निर्णय भएको छ ।

यसैबीच कोरोना सङ्क्रमित भेटिए उनीहरुको उपचारका लागि १ सय २० शय्याको आइसोलेशन कक्ष तयार गरिने भएको छ । सम्बन्धित पालिकाको सहयोगमा रामपुर र तानसेन नगरपालिकामा ५०-५० शय्याको तथा रम्भा र रिब्दिकोट गाउँपालिकामा १०-१० शय्याको आइसोलेशन कक्ष तयार हुने भएको छ ।

यसअघि पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेज, मिसन अस्पताल र रामपुर अस्पतालमा गरी  ६२ शय्याको आइसोलेशन कक्ष तयार पारिएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया