पासाङल्हामु राजमार्ग बन्द

 साउन १५, २०७५ मंगलबार १४:३८:२८ | नवदीप अजनबी
unn.prixa.net

नुवाकोट – नुवाकोटको विदुर नगरपालिका–१०, तिरतिरे भीरमा मंगलबार बिहान गएको पहिरोले पासाङल्हामु सडक अबरुद्ध भएपछि रसुवा जाने दर्जनौं सवारी साधन अलपत्र परेको  छ ।

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी सडक योजनाले सडक स्तरोन्नतीको क्रममा काटेको सडकमा पहिरो गएको हो । पहिरोले झण्डै १० मिटर सडक पुरेको छ । पहिरोका कारण काठमाडौंबाट रसुवाका लागि हिँडेको र रसुवाबाट काठमाडौंको लागि हिँडेका दर्जनौं सवारीसाधन रोकिएको छ ।

रसुवा जानको लागि बैकल्पिक सडक त्रिशूलीबाट तुप्चे हुँदै मनकामनाबाट पैरेबेसी तरेर जान सकिने सडक समेत मनकामनामा पहिरोले भत्काएका कारण सवारी आवातजावत गर्न नसक्ने भएको छ । पहिरो खुलाउन दुई दिनसम्म लाग्ने प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

नवदीप अजनबी

नुवाकोटका पत्रकार नवदीप अजनबी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया