​विश्वकपमा सलाहको खेल हेर्न नपाइने

 जेठ १३, २०७५ आइतबार २०:२८:३ | एजेन्सी
unn.prixa.net

जेठ १३ – मोहम्मद सलाहले यसपटकको विश्वकप फुटबल खेल्न नसक्ने भएका छन् ।

इजिप्टलाई विश्वकपको यात्रा तय गराउन सबैभन्दा महत्वपूर्ण भूमिका निर्वाह गरेका लिभरपुलका स्टार सलाह च्याम्पियन्स लिगको फाइनलका क्रममा घाइते भएपछि विश्वकप खेल्न नसक्ने भएका हुन् ।

 

शनिबार राति भएको फाइनलमा रियल मड्रिडका डिफेन्डर सर्जियो रामोससँग हात अल्झिएपछि उनी मैदानमा लडेर घाइते भएका हुन् । उनी घाइते भएपछि ३० मिनेटमै मैदानबाट बाहिरिएका थिए ।

साउदी अरेबियाको खेलकुद प्रशासक तुर्की अल–शेखका अनुसार सलाह चोटमुक्त हुन कम्तिमा दुई महिना लाग्नेछ । उनले सलाहको विश्वकप खेल्ने सपना यो पटकका लागि सकिएको पनि बताएका छन् ।

सलाहले नेखेल्ने भएपछि विश्वकपमा इजिप्टलाई ठूलो धक्का लागेको छ ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया